Rule 70
प्रदेश सरकार वा स्थानीय तहले पुनर्स्थापना केन्द्र स्थापना गर्न सक्ने
(१) प्रदेश सरकार वा स्थानीय तहले ऐन वा यस नियमावलीको अधीनमा रही पुनर्स्थापना केन्द्र स्थापना र सञ्चालन गर्न सक्नेछन्‌ ।

(२) नेपाल सरकारले आफूले स्थापना र सञ्चालन गरेका पुर्नस्थापना केन्द्र प्रदेश सरकारले सञ्चालन गर्न चाहेमा हस्तान्तरण गर्न सक्नेछ ।

(३) प्रदेश सरकारले सञ्चालन गरेका पुनर्स्थापना केन्द्रमा (भौतिक क्षमताका आधारमा अन्य प्रदेशबाट पठाइएका बालबालिकालाई समेत राख्नु पर्नेछ ।